गाई–भैंसीसँगै सुत्छिन् हजुरआमा

माटोको झुपडीभित्र एउटा साँघुरो कोठा छ। दिउँसो मुस्किलले छिर्छ घाम। जहाँ एउटा गाई र एउटा पाडी बाँधिएका छन्। त्यहीँं नै सुतेको अवस्थामा भेटिइन् ८० वर्षीया रामकुमारी महतो। उनले भुइँमा परालमाथि परालकै गुन्द्री ओछ्याएकी थिइन्। एउटा पात्लो तन्ना ओढेर गुटुमुटु परेकी थिइन्।

तपाईं यसरी किन बस्नुभएको हो ?
उनले भनिन्, ‘यहाँ गाईवस्तुको उपस्थितिले अलिक न्यानो हुन्छ। घरको भएभरको एउटा अर्को कोठामा बुहारी र दुई नातिनी सुत्छन्। अनि म बूढी कहाँ जानु ?’ गर्मी मौसममा उनी आँगनमा भुइँमै सुतेर समय कटाउँछिन्। तर, जाडोमा शीतलहरबाट जोगिन गोठ एक मात्र सहारा बनेको उनले सुनाइन्। 

प्रकाशित मिति: : 2022-01-31 08:51:00

प्रतिकृया दिनुहोस्