जोगाऔं सिमसार

सन्दर्भ : विश्व सिमसार दिवस

पोखरा : आज विश्व सिमसार दिवस। नेपालमा यसपटकको नारा छ– ‘दलदल, पानी, पोखरी र खोला, संरक्षण गरे सर्वहित होला।’

सिमसार भनेका पानीका स्रोत हुन्। तर, संरक्षण गर्न ध्यान नदिँदा यस्ता क्षेत्र मासिँदै गएका छन्। पोखरामा ओसिलो, धापिलो, दलदले, पानी जमिरहने यस्ता क्षेत्र पुरेर घरघडेरी बनाउने क्रम बढेको छ। सबै तालका मुहानमा डोजर चलाएर माटो खलबल्याउने क्रम बढ्दो छ। जलाधार क्षेत्र अध्ययन नगरी सडक बनाउँदा पनि वर्षायाममा जाने पहिरोका कारण तालहरू साँघुरिँदै गएका छन्।

ताल, नदी, जलाशय, धाप, कुण्ड, धानखेतसमेत गरी ६ प्रकारका सिमसार छन्। यी क्षेत्र संरक्षणमा ध्यान नगएको विज्ञ डा. दीपेन्द्र जोशी बताउँछन्। जोशीले जलवायु परिवर्तनले सिमसारमा आश्रित जनसमुदायको जीविकोपार्जनमा कस्तो असर परेको छ भन्ने विषयमा अध्ययन गरेका छन्। 

प्रकाशित मिति: : 2022-02-02 10:26:00

प्रतिकृया दिनुहोस्