लता मगेंशकरले अन्तिम पटक कसलाई सम्झिन्? 

भारतकी चर्चित गायिका लता मगेंशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। जसले फिल्मलगायत संगीत क्षेत्रमा सन्नाटा छाएको छ।

उनको निधनको खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा श्रद्धांजलि दिनेको ओइरो लागिरहेको छ।

अन्तिम सास लिनअघि लताले पंचम दा यानी (राहुल देव बर्मन) लाई सम्झिदै एक ट्वीट गरेकी थिइन्। 

उनले लेखेकी थिइन्, ‘आज हामी सबैको प्यारे पंचमको पुण्यतिथी हो। उसले जति नै संगीत बनाए त्यो लोकप्रिय छ। म उनको यादलाई विनम्र अभिवादन गर्दछु।’ 

लतालाई पछिल्लो २९ दिनदेखि मुम्बईको ब्रीच कैंडी अस्पतालको आईसीयूमा राखिएको थियो। गएको शनिबार ९२ वर्षीय गायिका लताको स्वास्थ्य निकै बिग्रिएको थियो। 

उनलाई ८ जनवरीमा कोरोना सङक्रमित भएदेखि नै उनी हस्पताल भर्ना भएकी थिइन्। अस्पताल बसेकी उनको स्वास्थ्यमा पनि केही सुधार भइरहेको थियो। 

जसकारण उनलाई भेन्टिलेटरबाट हटाइएको थियो। तर उनी अचानक बिरामी हुन थालेपछि पुन भेन्टिलेटरमा राखिएको थियो। 

प्रकाशित मिति: : 2022-02-06 17:36:00

प्रतिकृया दिनुहोस्