एल.आर राणाको शब्द रहेको शास्त्रीय सङ्गीतमा आधारित आधुनिक गीत ‘केही तिम्रो, केही मेरो’को म्युजिक भिडियो सार्वजनिक भएकाे छ। भिडियाे न्यू मुन फिल्मस्काे युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे हाे।
राणाकाे शब्दमा सजल न्याैपानेकाे स्वर र संगीत रहेकाे छ।
गायक न्याैपाने र केबिका खत्रीकाे अभिनय रहेकाे उक्त भिडियाेकाे निर्देशन अनुप चापागाईंले गरेका छन्।
भिडियाे: