पछिल्लो समय नेपाली सिने क्षेत्रमा नायिकाहरुको पारिश्रमिकको चर्चा हुने गरेको छ। नेपालको सिने जगत पनि विशाल र फरकिलो हुन थालेको छ। यस संगै कलाकारको पारिश्रमिक पनि फरकिला बनेका छन्। यी हुन् नेपाली महङगा नायिका। जो एकै फिल्मका नौ देखि दश लाख सम्म पारिश्रमिक लिने गर्दछन्।
१.प्रियंका कार्की
पछिल्लो समय चर्चाकी नायिका हुन् – प्रियंका। उनले अभिनय गरेका चलचित्र ‘नाइँ नभनु ल २’, ‘नाइँ नभनु ल ५’, ‘छक्क पन्जा’, ‘छक्क पन्जा २’, ‘छक्का पन्जा ३’, ‘ह्याप्पी डेज’, ‘कोहलपुर एक्सप्रेस’, ‘कथा काठमाण्डु’, ‘चंगाचेट’ लगायतका चलचित्र सुपर हिट भएका छन्। उनी प्रति फिल्म ९ र १० लाख पारिश्रमिक लिने गरेकी छिन्।
२. नम्रता श्रेष्ठ
नम्रता नेपाली सिने जगतको महान् हस्ती हुन्। उनकाे ‘सानो संसार’, ‘प्रसाद’ जस्ता लगायत फिल्मले धेरै कमाएको छ। उनले प्रत्येक फिल्मको १५ लाख सम्म पारिश्रमक लिने गरेकी छिन्।
३.स्वातिमा खड्का
पछिल्लो समय म्युजिक भिडियोबाट चर्चामा आएकी नायिका हुन–स्वस्तिमा खड्का। उनका गीत एक पछि अर्को सुपर हिट छन्। उनले अभिनय गरेका चलचित्रत्रमा ‘छक्क पन्जा २’, ‘नाई नभन्नु ल ५, ‘जय भोले’, ‘बुलबुल’ लगायतका चलचित्र सुपरहिट छन्। स्वातिमाले प्रत्येक फिल्मको १२ देखि १५ लाख लिने गरेकी छिन्।
४.साम्रागी राज्यलक्ष्मी शाह
चलचित्र ‘ड्रिम्स’ बाट चर्चामा आएकी नायिका हुन् – साम्रागी राज्यल’क्ष्मी शाह। उनले अभिनय गरेका चलचित्र ‘ए मेरो हजुर २’, ‘तिमी सँग’, ‘कायरा’, ‘इन्टु मिन्टु लन्डनमा’ लगायत चलचित्र सुपर हिट भएका छन्। साम्रागीले चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मा १५/१६ लाख पारि’श्रमिक लिएकी छिन्।
५.पुजा शर्मा
नायिका पुजा शर्माले चलचित्र ‘अझै पनि’ बाट डेब्यु गरेकी थिइन्।यस चलचित्रको सफलता पछि उनका चलचित्र ‘प्रेम गीत’, ‘म यस्तो गीत गाउँछु’, ‘राम कहानी’ लगायत ब्याक टु ब्याक सुपर हिट भएका छन्। पुजाले चलचित्र ‘पोई पर्यो काले’ मा २० लाख पारिश्रमिक लिएको स्रोतले जनाएको छ।