लता मंगेशकरको बायोपिक बनाउन निर्देशकबीच प्रतिस्पर्धा

भारतीय ‘स्वर कोकिला’ लता मंगेशकरको निधनपछि उनको बायोपिक बनाउन बलिउडका तीन प्रख्यात निर्देशकबीच प्रतिस्पर्धा सुरु भएको छ।

लताको निधनपछि आनन्द एल राय, ओमप्रकाश मेहरा र सञ्जयलीला भन्सालीले बायोपिकमा चासो देखाएपछि उनीहरूले उनको बायोपिकको स्वामित्व आफ्नो बनाउन दौडधूप सुरु गरेका छन्।

सञ्जय १० वर्षअघिदेखि लताको बायोपिक बनाउने सोचमा थिए। तर, लताको परिवारले उनको बायोपिक बनाउन अनुमति दिने हो वा होइन, हालसम्म टुंगो लागेको छैन।

लताको बायोपिक बनाउन निर्देशक सञ्जय बढी उत्सुक छन्। यद्यपि गायिकाको परिवार एसियाकै सफल गायिका लताको जीवनमा बायोपिक बनाउन तत्कालका लागि अनुमति नदिने पक्षमा छन्। लताको परिवार नै उनको बारेमा बायोपिक बनाउन चासो दिइरहेका छन्।

यसअघि महाराष्ट्र सरकारले ‘भारत रत्न’ प्राप्त गायिकाको सम्झनामा मुम्बईमा एक म्युजिक एकेडेमी बनाउने घोषणा गरिसकेको छ। उसले एकेडेमीको अलावा मुम्बई युनिभर्सिटीको कलिना क्याम्पसमा एक संग्रहालय पनि बनाउने तयारी गरेको छ।

प्रकाशित मिति: : 2022-02-11 15:41:00

प्रतिकृया दिनुहोस्