तीन वर्षमै ठमेलमा 'एलओडी' को एकछत्र राज!

फोहोरको डंगुर पन्छाएर बनाइएको एलओडीको पुँजी अहिले २५ करोड छ

सेतोपाटी

निर्मला घिमिरे

आजकालका युवायुवतीको जिब्रोमा झुन्डिने नाम हो 'एलओडी', अर्थात् लड अफ द ड्रिंक्स्। जब साँझ छिप्पिँदै जान्छ, तन्नेरीहरूको हुलले एलओडीको हल भरिँदै जान्छ।

क्लबमा पोतिएको रंगीचंगी बत्तीको दुनियाँमा बाँधिन थाल्छ हुल। गाढा हुँदै गएको साँझमा मिसिएका धुनसँगै मस्त झुम्छ। भिडभित्र उज्याला र अँध्यारा मिश्रित अनुहारले डान्स फ्लोर भरिन्छ। अनि सुरू हुन्छ गुञ्जिरहेको धुनलाई पृष्ठभूमिमा राखेर खाने-पिउने क्रम। 

मानिसहरू मदहोस भएर नाच्दानाच्दै रात सकिन्छ, तर थाक्दैनन्। त्यहीँ गफिन्छन्, हाँस्छन्, रमाउँछन्, नयाँ साथी बनाउँछन्। कोही यत्तिकै पनि फर्किन्छन्। 

साँझदेखि भोलिपल्ट अर्थात् बिहान चार बजेसम्म यो क्रम चलिरहन्छ।

पछिल्लो समय एलओडी नाइट क्लबको ठमेलमा एकछत्र राज नै छ।

तर धेरैलाई नाइट क्लब भनेको के हो, खास मानिसहरू यहाँ किन आउँछन् भन्नेबारे जानकारी हुँदैन। 

प्रकाशित मिति: : 2022-02-11 16:51:00

प्रतिकृया दिनुहोस्