दीपिकालाई मन नपर्ने रणवीरको त्यो बानी...

DNA India
DNA India

बलिउडको चर्चित जोडीमध्येको एक हो-दीपिका पादुकोण र रणवीर सिंह। 

यी जोडीले आफनो प्रेम सोशल मीडियाद्वारा  बताइरहेका हुन्छन्। दीपिका यस समय भने आफनो फिल्म 'गहराइया' लाई प्रमोशन गर्दै आइरहेकी छन्। 

त्यसैबेला उनले एक इन्टरव्यूमा भनेकी छन् कि उनलाई आफनो श्रीमानको केही बानी मन पर्दैन। 

उनले भनेकी थिइन रणवीर यस्तो काम कहिले गर्दैनन् जुन मलाई मन पर्दैन। तर केही यस्ता बानी पनि छन् जुन मलाई मन पर्दैन। उनी आफनो खाना धेरै छिटो सक्काउँछन्। जसलाई देखेर मलाई रिस उठ्छ। म मात्र दुई गाँस खाना खाइरहेको हुन्छु। उसले खाना नै सकाइ सकेको हुन्छ। जसले म निकै इरिटेट हुन्छु तर योबाहेक उनले अरु केही त्यस्तो काम गर्दैनन् जसले मलाई दुखी बनाउँछ। 

उनी अगाडि भन्छिन्, म रणवीर सिंहलाई पागल जसरी माया गर्छु। उनी निकै नरम र ख्याल राख्ने मान्छे हुन्। 

दीपिका र रणवीरले २०१८ मा विवाह गरेका थिए। विवाहअघि उनीहरु ६ वर्ष प्रेम सम्बन्धमा रहेका थिए। 

प्रकाशित मिति: : 2022-02-11 18:46:00

प्रतिकृया दिनुहोस्