२० देशमा राजदूत नियुक्ति गर्न बेवास्ता

एउटा सरकारले पठाउने, अर्कोले फिर्ता बोलाइहाल्ने प्रवृत्ति हावी

२० देश राजदूतविहीन बनेको लामो समय भइसक्यो। तर, सरकारले नयाँ नियुक्ति गर्न सकेको छैन। राजदूतावास राजदूतविहीन नहोस् भनेर परराष्ट्र मन्त्रालयले तीन वर्षअघि निर्देशिका नै बनाएको थियो। त्यसमा कसैको कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नयाँ नियुक्ति प्रक्रिया थाल्ने लेखिएको थियो। तर, राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी उक्त निर्देशिका पालना नभएको देखिन्छ। यसले द्विदेशीय सम्बन्धमा असर पार्ने विज्ञ बताउँछन्।

प्रकाशित मिति: : 2022-02-13 08:25:00

प्रतिकृया दिनुहोस्