अमेरिकाको मकै भुटेर शुभाकरले बनाएको नेपाली ब्रान्ड

सेतोपाटी

सुनिता सिटौला

 

काठमाडौंको सहरिया जीवनशैलीमा घुलमिल भएका धेरैले सुनेको नाम हो 'वाउ पपकर्न'। कतिपय त 'वाउ पपकर्न नै दिनु न' भनेर किन्छन् पनि।

पपकर्न पारखीको मुखमा यो नाम झुन्डिनुको मुख्य कारण यो नेपाली कम्पनी हो। नेपालमा पपकर्न उत्पादन गरी बजारस्तरमा पुर्‍याउने पहिलो कम्पनी पनि यही हो।चार वर्षअघि दुइटा पसलबाट बिक्री थालेको वाउ पपकर्नका अहिले ८० भन्दा बढी पसल भइसकेका छन्।कम्पनीका सञ्चालक शुभाकर मानन्धरका अनुसार आगामी एक वर्षसम्ममा थप दुई सय वटा आउटलेट सञ्चालन गर्ने तयारी छ।'लकडाउन नभएको भए त हामीले खोलिसक्थ्यौं, आगामी वर्षसम्ममा चाहिँ खोल्छौं,' उनले सेतोपाटीसँग भने।

 

प्रकाशित मिति: : 2022-02-13 16:29:00

प्रतिकृया दिनुहोस्