डेढ अर्बमा बनेको चोभार सुख्खा बन्दरगाह किन सञ्चालन हुन सकेन?

सञ्चालनमा नआउँदा दुख लागेको छः समिति

सेतोपाटी

सुनिता सिटौला

सात महिनाअघि निर्माण सम्पन्न भएको चोभारको सुख्खा बन्दरगाह अझै सञ्चालनमा आउन सकेको छैन। सुख्खा बन्दरगाहको गत असारमै बनिसकेको हो।

काठमाडौंका व्यवसायीको आयात तथा निर्यात सहजीकरणका लागि चोभारमा सुख्खा बन्दरगाह बनाइएको हो। तर भन्सार कार्यालय नभएकाले यो सञ्चालनमा आउन नसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए।

'हामीले अफिसमा सबै फर्निचर पनि राखिसकेका छौं। मुख्य काम भन्सार जाँचपासको हो, जबसम्म भन्सार कार्यालय आउँदैन तबसम्म सञ्चालन हुँदैन,' उनले भने।

कोरोना महामारीका समयमा काम नरोकी बन्दरगाह निर्माण गरे पनि सञ्चालनमा नआउँदा दुःख लागेको उनी बताउँछन्।  

'२८ महिनामा ४२ प्रतिशत काम भएको थियो। म आएपछि, आठ महिनामा बाँकी ५८ प्रतिशत काम सक्यौं,' उनले भने, 'बन्दरगाह बनाउन सफल त भयौं, तर चलाउन सफल भएनौं।'

प्रकाशित मिति: : 2022-02-15 11:13:00

प्रतिकृया दिनुहोस्