भारतका चर्चित संगीतकार बप्पी लाहिरीको निधन भएको छ। आफ्नो डिस्को बीट्सका लागि परिचित लाहिरीको ६९ वर्षको उमेरमा गएराति मुम्बईको एक अस्पतालमा निधन भएको हो। स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबाट पीडित लाहिरी एक महिनाअघि अस्पतालमा भर्ना भएका थिए।
उनलाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गरिएको थियो। तर, मंगलबार उनको स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि घरमै चिकित्सक बोलाइएको थियो। तत्काल उनलाई अस्पताल पुयाइएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको मृत्युप्रति दुःख व्यक्त गरेका छन्। उनको निधनप्रति बलिउडका विभिन्न कलाकर्मीले दुःख व्यक्त गरेका छन्।