कुनै समय आधा रातसम्म व्यापार चल्थ्यो पनौतीमा

सेतोपाटी

सबिना श्रेष्ठ

यो शृंखला लेख्ने क्रममा म पाँचपटक पनौती पुगेँ। तीनपटक बाह्रवर्षे मकर मेला चलिरहँदा र दुईपटक मेला सुरू हुनुभन्दा अगाडि।

सुरूको दुईचोटि पनौती जाँदा म त्यहाँको व्यापार व्यवसाय देखेर छक्क परेकी थिएँ। दिउँसोको समयमै प्राय: पसल बन्द हुन्थे। चहलपहल हुनुपर्ने मध्यसहर दिउँसै चकमन्न देखिन्थ्यो। धन्न मेलामा चाहिँ सहर गुल्जार भयो। मेला भर्न आउने तीर्थारूहरूको भीड बढेसँगै पसलका ढोका खुल्न थाले। पसलले नपुगेर फुटपाथधरि भरिभराउ भए।

प्रकाशित मिति: : 2022-02-16 13:40:00

प्रतिकृया दिनुहोस्