एमसीसीमा माओवादी र एसकाे अडानले गठबन्धन वारपारतर्फ, अन्तिम छलफलकाे कसरत

शिलापत्र

शिशिर ढकाल

अमेरिकी सहायता परियोजना एमसीसीले सत्ता गठबन्धनमा तीव्र ध्रुवीकरण निम्त्याएको छ। एमसीसी संसदमा टेबल हुन नसक्दा सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको हो। गठबन्धनको भविष्य संकटमा पर्न नदिने उद्देश्यले बिहीबार सत्ता गठबन्धनको शीर्ष नेतृत्वबीच छलफल हुँदैछ।

कांग्रेसले एमसीसीमा जबर्जस्ती गरे सत्ता छाड्ने चेतावनी माओवादी केन्द्रले दिइसकेको छ। एकीकृत समाजवादीले यही भाषा नबोले पनि जबर्जस्ती सह्य नहुने बताएको छ। यता कांग्रेसमा पनि उग्रवापन्थीप्रति कांग्रेसको रुझान नरहेकाले आवश्यक परे गठबन्धन छोड्नुपर्ने मत बलियो बन्दै गइरहेको छ।

प्रकाशित मिति: : 2022-02-16 18:56:00

प्रतिकृया दिनुहोस्