तीन पुस्ताको नागरिकता एकैपटक

सेतोपाटी

राजेश घिमिरे
नागरिकता पाएपछि छोराहरूसँग कालुभान र गोविन्द प्रजा। तस्बिर: राजेश घिमिरे/सेतोपाटी

नागरिकताको प्रमाणपत्र बनाउन जिल्ला प्रशासन धाउँदा धाउँदा हैरान भएपछि एक जना किशोरी राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामालाई भेट्न पुगिन्। हालैमात्र नर्सिङ विषयको परीक्षा उत्तीर्ण गरेकी उनले नागरिकता नभएका कारण पेसाका लागि लाइसेन्स पाउन सकेकी थिइनन्।

सबै कुरा सुनेपछि उपमेयर लामा राप्ती नगरपालिका–६ स्थित उनको घरमा पुगे। त्यसपछि थाहा पाए उनले नागरिकता प्रमाणपत्र नहुँदा परिवारका सबैले भोगिरहेको पीडा।

किशोरीका हजुरबुबा पाल्मा चौधरीलाई सानै छँदा बाबुआमाले छाडेका थिए। बेसहरा बनेका उनी मागेर खाँदै जीवन निर्वाह गर्न थाले। पछि अर्काको घरमा हरुवाचरुवा बस्दै घरबार बसाए।

प्रकाशित मिति: : 2022-02-16 19:08:00

प्रतिकृया दिनुहोस्