किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?

सार्वजनिक यातायात : हरेक यात्रु मालिक बन्ने मोडालिटी

अनलाइनखबर

काठमाडौं

सार्वजनिक यातायातको सन्दर्भमा युरोपको मोडल लोभलाग्दो र अनुकरणीय छ। त्यहाँ सार्वजनिक यातायातलाई सबैभन्दा भरपर्दो, विश्वसनीय, छरितो, किफायती, व्यवस्थित, सुविधायुक्त मानिन्छ। त्यसैले घरमा कार हुनेहरू पनि सार्वजनिक यातायात चढ्छन्। नेता-मन्त्रीहरू समेत सार्वजनिक यातायात चढ्ने गरेको पाइन्छ।

युरोपका कति मुलुक आफैंले गाडी उत्पादन गर्छन्। तर, उनीहरूले सार्वजनिक यातायातलाई नै सर्वव्यापी र सर्वसुलभ बनाएका छन्।

अब हाम्रो सडकको परिदृश्य हेरौं। काठमाडौं उपत्यकामा लगभग दिनहुँ १० हजार सार्वजनिक यातायात गुड्छन्। तर, यी सार्वजनिक यातायातमा यात्रा गर्नु भनेको विना कसुर यातना झेल्नु सरह हुन्छ।

तपाईं रत्नपार्कमा एकछिन उभिएर हेर्नुहोस्, सार्वजनिक यातायातको हाल (बेहाल) कस्तो हुन्छ ? कोचाकोच, ठेलमठेल, अस्तव्यस्त, भद्रगोल। सार्वजनिक यातायात चढ्नका लागि सानोतिनो युद्ध नै गर्नुपर्छ। चढिसकेपछि आरामले बस्ने स्थिति हुँदैन। गन्तव्यसम्म कतिबेला पुगिन्छ भन्ने टुंगो हुँदैन। सार्वजनिक यातायातमा यात्रा गर्नु भनेको सानोतिनो यातना भोग्नुसरह हुन्छ। तर पनि हामी बाध्य छौं, यसरी नै यात्रा गर्नका लागि।

प्रकाशित मिति: : 2022-02-17 12:10:00

प्रतिकृया दिनुहोस्