पुरानो विवादमा एमसीसी थपिँदा जसपामा भाँडभैलो, उपेन्द्रविरुद्ध मोर्चाबन्दीमा बाबुराम

लोकान्तर

अजय अनुरागी

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपाल फूटको संघारमा पुगेको छ।

पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसीको पक्ष र केन्द्रीय कार्यसमिति अध्यक्ष उपेन्द्र यादव एमसीसीको विपक्षमा देखिएपछि पार्टी विभाजनको संघारमा पुगेको हो।

भट्टराईले खुलेर नै एमसीसीको समर्थन मात्र गरिरहेका छैनन्, पार्टीको कार्यकारिणी समिति र संसदीय दलको बैठकबाट समेत उक्त निर्णय गराउने कसरतमा लागेका छन्। तर जसपाका कार्यकारिणी अध्यक्ष यादव भने त्यस विषयमा निर्णय गर्न नहतारिने पक्षमा छन्।

एमसीसीको विपक्षमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग यादवले शुक्रवार बैठक नै गरेका छन्।

पछिल्लो केही दिनदेखि जनकपुर रहेका यादव काठमाडौं आएलगत्तै शुक्रवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा बसेको तीन दलको बैठकमा उपस्थित भएका थिए।

प्रकाशित मिति: : 2022-02-18 14:57:00

प्रतिकृया दिनुहोस्