रामकृष्ण ढकालको स्वरमा ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा राजु सिंहको सङ्गीत र प्रवासमा रहेर पनी नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहेकी गिता गिरी शेरचन को शब्द रचना रहेको छ।
प्रेमभाव रहेका गीतको भिडियोमा नरेन खड्का , अनु शाह ,बसन्त घिमिरे , पवित्रा शाहले अभिनय देख्न सकिन्छ। पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ।
प्रेम र रोदन लाई कलात्मक रुपमा गीतमा समेटिएको छ।नवराज घिमिरेको छायाँकन,राजेश कुमारको सम्पादन तथा लिगेश भटटराईको निर्देशनमा भिडियो तयार गरिएको छ। गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।