क्यानाडाद्धारा नेपाललाई ८१ रनको लक्ष्य

आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडाले नेपालसामू ८१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनको योगफल तयार पार्‍याे। 

क्यानडाका दुई ब्याटरले मात्र दोहोरो अंकमा रन जोड्न सके। क्यानडाका डिलोन हेलिगरले सर्वाधिक २३ रन बनाए। यस्तै कप्तान नभनित धनिवालले १८, ओपरन रायान पठानले १४ रनको योगदान गरे। 

क्यानडालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चिए। 

यस्तै, कमलसिंह ऐरी र अभिनाश बोहराले समान दुई विकेट लिए। 

आजको खेल जिते नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइलनमा प्रवेश गर्नेछ। 

छनोटका समूह ‘ए’ बाट आयरल्यान्ड र सयुक्त अरब इमिरेट्स (यूएई) सेमिफाइलनमा प्रवेश गरिसकेका छन्। 

प्रकाशित मिति: : 2022-02-21 17:40:00

प्रतिकृया दिनुहोस्