साझेदारबाटै सरकारलाई असहयोग

सत्तापक्ष आफैं, प्रतिपक्ष आफैं

अन्नपूर्ण पोष्ट

सुरेन्द्र काफ्ले

सत्तापक्ष आफैं, प्रतिपक्ष आफैं। यही दोहोरो भूमिकामा देखिएका छन् माओवादी केन्द्र र एकीकृत समाजवादी। दुवै दलको सहमतिमा आइतबार एमसीसी संसद्मा पेस भइरहँदा कार्यकर्ता भने विरोध प्रदर्शन गरिरहेका थिए। कतिपय नेता त प्रतिनिधिसभा बैठकमै विरोध जनाइरहेका थिए।

उनीहरूले नै प्रहरी र आफ्ना कार्यकर्तालाई सडकमा भिडाए। ढुंगा हानाहान गरे। कतिपय घाइते भए। अनि, माओवादी अध्यक्ष पुष्पकमल दाहालले ट्विटरमा लेखे, ‘एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु।’

 

प्रकाशित मिति: : 2022-02-22 08:19:00

प्रतिकृया दिनुहोस्