र्‍यापर लाउरे ५० हजार धरौटीमा रिहा

file photo
file photo

र्‍यापर आशिष राना ‘लाउरे’ ५० हजार धरौटीमा रिहा भएका छन्। लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनी कास्की जिल्ला अदालतको आदेशअनुसार ५० हजार धरौटी बुझाएर रिहा भएका हुन्। 

न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासको आदेशअनुसार उनी धरौटीमा रिहा भएका हुन्। तर, सोही इजलासले उनीसँगै पक्राउ परेका तीन जनालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ।  

प्रकाशित मिति: : 2022-02-22 17:06:00

प्रतिकृया दिनुहोस्