१२ ओस्कार नोमिनेसन पाएको 'द पावर अफ डग'को झ्याल

शिलापत्र

सुरज सुवेदी

यो फिल्मको प्रमुख पात्र फिल बाहिर देखिएजति शक्तिशाली छैन।

ऊ बलियो देखिन चाहन्छ। नेतृत्व गर्न चाहन्छ। अरुलाई डराउने बनाउँछ। क्रूर लाग्ने काम गर्छ। काउब्वाई ह्याटमा सजिएर छालाका लुगा लगाउँदै घोडा चढ्छ। आफ्नो विश्वासमा टसमस गर्दैन।

तर यो सबै ऊ बाहिरबाट देखिँदा मात्र छ।

एक्लै हुँदा ऊ नितान्त एक्लो छ। अरुजस्तै कमजोर छ। रुन्छ। तर, त्यो एक्लोपना र कमजोरी ऊ अरुको सामुन्ने देखाउन खोज्दैन। आफूलाई अनेकौँ तहमा लुकाएको कुरा ऊ कसैगरी आफूलाई खोल्दै खोल्दैन।

त्यसरी आफूलाई जस्तो हो, त्यस्तै देखाउन नखोज्दाको भारीले ऊ आफैँ थिचिएको छ।

प्रकाशित मिति: : 2022-02-23 09:51:00

प्रतिकृया दिनुहोस्