सरकारको आग्रहमा संसद बैठक स्थगित

प्रतिनिधिसभाको बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ। 

सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि सारिएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। 

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीबारे छलफल गर्ने तयारी थियो। तर, बस्दै नबसी सूचना टाँसेर शुक्रबारसम्मका लागि स्थगित गरिएको हो। 

‘सरकारको आग्रहमा आजको बैठक स्थगित गरिएको छ। अब भोलि दिउँसो १ बजे बस्नेछ,’ जसपा प्रमुख सचेतक प्रमोद शाहले बताए।

प्रकाशित मिति: : 2022-02-24 14:03:00

प्रतिकृया दिनुहोस्