गृहमन्त्री खाँण र सभामुख सापकोटाबीच भेटवार्ता

File Photo
File Photo

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँणले आज दिउँसो सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा पुगेर सापकोटालाई भेटेका हुन्।

संसदको गतिरोध हटाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सदनबाट पारित गराउने उपायबारे खाँणले सापकोटासँग छलफल गरेको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ। 

खाँण सभामुखलाई भेटेर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका थिए। संसदमा एमसीसी छलफललाई कसरी लैजाने भन्नेबारे सहमति नहुँदा भोलिसम्मको लागि बैठक स्थगित भएको छ। 

प्रकाशित मिति: : 2022-02-24 16:55:00

प्रतिकृया दिनुहोस्