रुकुममा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बिएल संवाददाता

रुकुम (पूर्व)
File photo
File photo

रुकुम (पूर्व)को भुमे गाउँपालिका–४ झिंगेटारमा बा २ क ७०१८ नम्बरको लामा कन्स्ट्रक्सनको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

बिहीबार विहान ढुंगा झार्ने क्रममा टिपर आफैँ अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।दुर्घटनामा टिपरले च्यापिएर बाटोमा काम गर्ने २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरूमा पुथाउत्तर गंगा गाउँपालिका–१४ बस्ने २५ वर्षीय गोबिन्द वुढा र भुमे गाउँपालिका–५ उपल्लो साकिम बस्ने २५ वर्षीय दामु वुढा रहेका छन।दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा मृत्यु भएको हो। 

टिपरले च्यापिएर घाइते भएका दोलखा घर भएका ३५ वर्षीय सोही कन्स्ट्रक्सनका सव ईन्जिनियर ध्रुव घिमिरे, टिपर चालक लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
 

प्रकाशित मिति: : 2022-02-24 17:18:00

प्रतिकृया दिनुहोस्