अभिनेता पल शाहले ​​​​​​​आजै प्रहरीसामु आत्मसर्मपण गर्ने (भिडियाे)

अभिनेता पल शाहले आजै प्रहरीसामु आत्मसमर्पण गर्ने बताएका छन्।

एक गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहेका शाहले सामाजिक सञ्जालमार्फत् आइतबार नै प्रहरीसामु आत्मसमर्पण गर्ने घोषणा गरेका हुन्।

उनले स्वास्थ्य अवस्था बिग्रिएको र घर समस्याका कारण प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै माफीसमेत मागेका छन्।

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले भनेका छन्, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु।’

प्रकाशित मिति: : 2022-02-27 11:27:00

प्रतिकृया दिनुहोस्