अभिनेता पल शाह प्रहरीको नियन्त्रणमा

File Photo
File Photo

जबर्जस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई  नियन्त्रणमा लिएकाे छ। आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई नियन्त्रणमा लिएको जानकारी दिए। सत्र वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए।

पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। पलले आजै प्रहरीमा आत्मसमर्पण गर्ने जानकारी दिएका थिए।

पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ।

त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ।

जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारवाही गरी कानूनबमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ।


अभिनेता पल शाहले आजै प्रहरीसामु आत्मसर्मपण गर्ने (भिडियाे)

प्रकाशित मिति: : 2022-02-27 12:40:00

प्रतिकृया दिनुहोस्