माओवादीका यी सांसद जाे एमसीसीको विपक्षमा छन्

नेकपा माओवादी केन्द्रका दुई जना सांसदले एमसीसीको विपक्षमा मत दिने भएका छ्न्।  सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा भोट हाल्ने भएका हुन्। 

सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद् बैठकले एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ। 

तर सत्ता गठबन्धनका सांसदहरु पोखरेल र विशंखेले एमसीसीको विपक्षमा मत दिने भएका हुन्। 

त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि मतदान प्रकृयामा सहभागी नहुने भएका छन्।

प्रकाशित मिति: : 2022-02-27 19:06:00

प्रतिकृया दिनुहोस्