गगन थापाको प्रश्न: एमसीसीलाई राष्ट्रघाती भन्ने मन्त्रीहरूले त्यतिबेला भांग खाएका थिए ?

File Photo
File Photo

नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी पास गरेपछिको १२ वर्ष एक महिनाको समयमा मन्त्री भएकाहरुले एमसीसीलाई राष्ट्रघात भन्नु भन्दा पहिला हेक्का गर्नुपर्ने बताएका छन्। 

आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीबारेको व्याख्यात्मक घोषणामा छलफल गर्दै १२ वर्ष एक महिनाको समयमा मन्त्रिपरिषद्मा बसेका मन्त्रीहरुले यसलाई राष्ट्रघाती भन्नु भन्दा पहिला ख्याल गर्नुपर्ने बताए। 

'यो सम्झौता राष्ट्रघाती भन्नु भन्दा पहिला एक पटक ख्याल गरौं होइन भने केही समय अघि मन्त्रीजीले म क्याबिनेटमा थिए तर त्यो दिन मेरो पेट दुखेको थियो भनेको जस्तै अरुले पनि मैले त्यो दिन भांग खाएको थिए म सुरमा थिइन भन्ने अवस्था आउँछ।'

प्रकाशित मिति: : 2022-02-27 20:56:00

प्रतिकृया दिनुहोस्