संसद भवनकाे गेट अगाडि कुकर बम फेला (भिडियाेसहित)

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको मुख्य गेट अगाडि प्रेसर कुकर बम फेला परेको छ।

एमसीसी संसदबाट अनुमाेदन भएको भोलिपल्ट सोमबार बिहान संसद भवनको अगाडि बम फेला परेकाे हाे।

नो एमसीसी लेखिएको प्रेसर कुकुर फेला परेकाे प्रहरीले जनाएकाे छ। बम निष्क्रिय पार्नकाे लागि नेपाली सेना, नेपाल प्रहरीकाे टाेली घटनास्थलमा गएकाे छ।

एमसीसी विरोधमा विभिन्न दलले आज नेपाल बन्दको आह्वान गरेको छ। बन्दकर्ताले बम राखेको प्रहरीले जनाएको छ।

एमसीसी अनुमाेदन भएसंगै देशभर विराेधका कार्यक्रमहरू भइरहेका छन् भने विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तु फेला परेका छन्।

प्रकाशित मिति: : 2022-02-28 11:19:00

प्रतिकृया दिनुहोस्