प्रचण्ड–माधव इतिहासकै कुरूप जाेक्कर: एमाले नेता बलम्पाकी

एमाले नेता टेकबहादुर बलम्पाकीले एमसीसी अनुमाेदन गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल इतिहासकै कुरूप जाेक्कर साबित भएकाे बताएका छन्।

एमाले केन्द्रीय सदस्यसमेत रहेका महाेत्तरी जिल्ला कमिटी अध्यक्ष बलम्पाकीले एमसीसी अनुमाेदनकाे बिषयमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै भने, 'एमसीसी अनुमाेदन गरेर जनतालाई धाेका दिइयाे। परिवर्तनका हकदार दाबी गर्ने प्रचण्ड र माधव इतिहासकै कुरूप जाेक्कर साबित भए।'

क्रान्तिकारी भनाउँदाहरू एमसीसी अनुमाेदन गरेर प्रतिक्रान्तिकारीमा रूपान्तरण भएकाे नेता बलम्पाकीकाे आराेप छ।

उनले भने, 'क्रान्तिकार हाैँ भन्नेहरू यतिचाँडै प्रतिक्रान्तिकारीमा बदलिएलान् भनेर साेच्न पनि गाह्राे भइरहेकाे छ। यसकाे जवाफ जनताले दिनेछन्।'

माओवादी पृष्ठभूमिका नेता बलम्पाकीले सत्ता र शक्तिमा अप्राकृतिक ढंगले टिकिरहन प्रचण्ड-माधवले दलालीकाे बाटाे राेजेकाे दाबीसमेत गरे।

उनले भने, 'सत्तामा टिकिरहन राष्ट्रघाती कदम चाल्नेहरू जनताकाे नजरमा गिरिसकेका छन्। यसकाे बदला जनताले चुनावमा अवस्य लिनेछन्।'

प्रकाशित मिति: : 2022-02-28 13:59:00

प्रतिकृया दिनुहोस्