स्थानीय निर्वाचनको घोषणापत्र कांग्रेसले चाँडै सार्वजनिक गर्नेछ : कांग्रेस प्रवक्ता महत

File Photo
File Photo

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीले स्थानीय तहको निर्वाचनको घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताएका छन्।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताएका हुन्।

कांग्रेसले स्थानीय तहको निर्वाचनका लाथि एक महिने संगठन सुदृढीकरण अभियान सुरु गर्ने भएको छ।

आगामी फागुन २० देखि चैत २० गतेसम्म स्थानीय निर्वाचनसम्बन्धी अभियान सुरु हुने उनको भनाइ छ। त्यसका लागि ‘घरघर जाऔं कांग्रेस जिताऔं’ भन्ने नारा तय गरिएको उनको भनाइ छ। यसका लागि सबै भ्रातृ तथा शुभेच्छुक संस्थालाई परिचालन गरिएको प्रवक्ता महतले बताए।

प्रकाशित मिति: : 2022-02-28 16:57:00

प्रतिकृया दिनुहोस्