सेना दिवसमा निःशुल्क स्वास्थ्य शिविर

बिएल संवाददाता

महेन्द्रनगर
File photo
File photo

महाशिवरात्री तथा सेना दिवसको पुर्वसन्ध्यामा नेपाली सेनाले कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

महेन्द्रनगरस्थित श्रीदल गुल्म भगतपुर ब्यारेकको आयोजना एवं बेदकोट नगरपालिकाको सहयोगमा सञ्चालित उक्त स्वास्थ्य शिविरबाट स्थानीय ५५५ महिला तथा पुरुषले स्वास्थ्य सेवा लिएका छन्।

महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्ट, सेनाको श्री नंं ५ बाहिनीअन्तर्गत श्री नंं ५ फिएका डा रक्षा गुरागार्इँलगायत दश चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको श्रीदल गुल्मका गुल्मपति सेनानी भीष्म केसीले जानकारी दिए।

'सेना दिवसको अवसरमा नगरपालिका, स्वास्थ्य कार्यालय, महाकाली अस्पताललगायत निकायको सहयोगमा शिविर सञ्चालन गरिएको हो', उनले भने– 'नागरिक–सैनिक सम्बन्ध सुदृढीकरण गर्न र सामाजिक उत्तरदायित्वको भावना बोध गर्दै सेनाले विभिन्न सामाजिक काम गर्दै आएको छ।'

 स्वास्थ्य शिविरबाट ३६४ महिला र १९१ पुरुषले स्वास्थ्य सेवा लिएको उनले जानकारी दिए। घरआँगनमै स्वास्थ्य सेवा पाएपछि स्थानीयले सेनाप्रति आभार प्रकट गरेका छन्।
 

प्रकाशित मिति: : 2022-02-28 21:02:00

प्रतिकृया दिनुहोस्