टेवानले मनायो स्थापनाको चौथो वार्षिक साधारण सभा 

महिला पर्यटनकर्मीको समूह पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले स्थापनाको चौथो वार्षिक साधारण सभा मनाएको छ।

दिगो पर्यटनका लागि समान सहभागिता भन्ने मुल नारा बोकेर स्थापित महिला पर्यटनकर्मीको समूहले चौथो स्थापना दिवस पोखरामा सम्पन्न गरेको हो।

सन २०१७ मा पर्यटन ब्यबसायी महिला संघ नेपाल (टेवान)ले महिला पर्यटनकर्मीको सीप विकासमा काम गर्दै आई रहेको छ। 

कार्यक्रम गण्डकी प्रदेशका उद्योग, पर्यटन, बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए।

प्रमुख अतिथिको मन्तव्य राख्दै कँडेलले महिला उत्थानका लागि विशेष कार्यक्रम लिएर आएर प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको बताएका थिए।

उनले महिलाहरु पर्यटनमा जागरुक भएर लागेको देख्दा अत्यन्तै हर्षित भएको बताए।

महिला लक्षित कार्यक्रम लिएर आउनुस् प्रदेश सरकार सहयोग गर्न तयार छ। धेरै नसके पनि प्रदेश सरकारले सक्ने बजेट विनियोजन गर्ने छ, उनले भने।

सरकारमा रहेर धेरै कुरा बजेट अभावका कारण गर्न नसकिएको उनले बताएका थिए। 

सरकारमा भएर पनि धेरै काम गर्न नसक्दा खिन्नता बोध हुने गरेको उनले भनाई राखेका थिए। 

मन्त्री कँडेलले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन भएको र सरकारले निजि क्षेत्रसंग हातेमालो गर्दै अगाडि बढ्ने बताउदै साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए।

संस्थार्की अध्यक्ष रेनु थापा मगरले संस्थाको सुरुआति दिनमा कुरा काट्नेहरु धेरै रहेर पनि स्थापनको गौरवान्वित चौथों वर्षसम्म आउन सफल रहेको बताइन्।

महिलाहरु धेरै व्यस्था हुँदा हुँदै पनि संस्थामा आबद्ध रहेर पर्यटनका लागि केही गर्न तत्पर रहेको भन्दै उनले खुसी व्यक्त गरिन्। 

हामी धेरै भुमिकामा रहेर पनि पर्यटन क्षेत्रमा पनि केही गर्नुपर्छ भनेर लागेका छौं, उनले भनिन्, संस्थाका लागि समय निकालेका छौं। एक सेकेण्ड पनि खेर फाल्नु हुन्न।

यसअघि पटक पटक प्रदेश सरकार कहाँ कार्यक्रम लिएर सहयोग माग्न जाँदा फिर्ता पठाए पनि पर्यटन मन्त्रीले महिला लक्षित कार्यक्रममा चासो लिएकोमा उनले खुसी व्यक्त गरिन्।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई, संस्थाका सल्लाहकार तथा पोखरा पर्यटन परिषदका पुर्व अध्यक्ष टिकाराम सापकोटा, वडा नं ६ का वडाध्यक्ष जगत बहादुर पहारी, टान गण्डकी प्रदेश पोखराका उपाध्यक्ष धर्मराज पन्थी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्जयकान्त सिग्देल, पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले बोलेका थिए।

चौथो वार्षिक साधारण सभाको छेकोमा १९ जना नयाँ सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र समेत दिइएको थियो।

प्रकाशित मिति: : 2022-02-28 21:21:00

प्रतिकृया दिनुहोस्