रुस-युक्रेन युद्ध: युरोपका अरू देश गएका नेपालीलाई सघाउन रेस्टुराँमा उद्धार केन्द्र, कसैलाई व्यक्तिको घरमा आश्रय

बिबिसी

काठमाडाैँ

रुस र युक्रेनबीच तनाव चर्किएपछि युक्रेनका विभिन्न क्षेत्रमा बस्ने नेपालीहरू सुरक्षित शरण खोज्दै अन्य युरोपेली देशमा पुग्ने क्रम जारी रहेको अधिकारीहरूले बताएका छन्।

नेपालीहरू स्लोभाकिया, पोल्यान्ड, रोमेनीआ, हङ्गेरीलगायतका देशतिर जाने क्रम बढ्दो रहेको बर्लिनस्थित नेपाली राजदूतावासकी तृतीय सचिव सहारा चौलागाईँले जानकारी दिइन्।

"दैनिक यो सङ्ख्या बढ्दो छ। तीन दिनमा पोल्यान्डमा मात्र १३१ जनासहित २३० जनाभन्दा बढी नेपालीले युक्रेनको सीमा पार गरिसकेका छन्," चौलागाईँले बीबीसीसँग भनिन्।

त्यसरी तेस्रो मुलुक पुगेका नेपाली विद्यार्थी तथा कामदारहरूलाई राजदूतावासले नै तोकेको प्रतिनिधि वा त्यहाँका गैरआवासीय नेपाली सङ्घले सहजीकरण गरिरहेका छन्।

प्रकाशित मिति: : 2022-03-01 16:45:00

प्रतिकृया दिनुहोस्