अन्जान केटीसँग भिडियो च्याटलगत्तै ठग स्क्यामरको फोन आयो

शिलापत्र

नवराज कुँवर

काठमाडाैं फैकाका २९ वर्षे प्रविन शर्मालाई १५ जुलाई २०२१ मा निकोल क्रुज (पछि बेबी क्रुज बनाइएको) नामको फेसबुक आइडीबाट ‘फ्रेण्ड रिक्वेस्ट’ आयो। प्रोफाइल फोटो २४/२५ वर्षकी देखिने युवतीको थियो। पर्यटक सहयाेगीको रूपमा काम गर्ने प्रविनले आफूलाई चिनेकै कुनै विदेशी भएको लख काटे र साथी बनाए। लगत्तै निकोल क्रुजबाट मेसेज आयो। अंग्रेजी भाषामा संवाद भयो। दुवैले चिनजान गरे। युवतीले आफू फिलिपिन्सको राजधानी मनिलाकी भएको बताइन्। साथी बनाउने र नयाँ कुरा सिक्ने स्वभाव आफ्नो भएकाले मित्रता गाँस्न चाहेको कुरा गरिन्। प्रविन गफिँदै गए। उनीहरूबीच कुराकानी बाक्लियो। दुई दिनलगत्तै अचानक युवतीले अश्लील कुरा सुरु गरिन्। आफ्नो अर्धनग्न तस्वीर पठाएर उनले सोधिन्, ‘के तिमी मेरो पूरा स्तन हेर्न चाहन्छौ ?’ 

‘सुरुमा त म छक्क परेँ। देखाउँछे भने हेर्दिम् न त जस्तो लागेर हुन्छ भनेँ’, प्रविन सुनाउँछन्।

प्रकाशित मिति: : 2022-03-02 19:08:00

प्रतिकृया दिनुहोस्