उपराष्ट्रपति पुनले मण्डला नाटकघरको उद्घाटन गर्दै

उपराष्ट्रपति नन्दबहादुर पुनले मण्डला नाटकघरको उद्घाटन गर्ने भएकाे छन्।

बिहीबार दिउँसो ३ बजे नाटकघरको औपचारिक उद्घाटन उपराष्ट्रपति पुनले गर्ने मण्डला नाटक समूह नेपालले बताएको छ।

मण्डला नाटकघर २०६४ सालबाट औपचारिक रुपमा संचालनमा आएको हो। यसअघि अनामनगरमा रहेको नाटकघर अहिले नयाँबानेश्वरकाे थापागाउँमा सञ्चालन हुन लागेको हो।

पुरानो थलोमा हुँदा पाएको माया नयाँ ठाउँले पनि पाउने अपेक्षा मण्डलाले राखेको छ । नाटकघरको दर्शक क्षमता २०० जनाको हुनेछ।

यसअघि कोरोनाको कारणले नाटकघरको सञ्चालन हुन सकेको थिएन।

नाटकघर उद्घाटनपछि मण्डलाको नियमित नाट्य प्रशिक्षण कार्यक्रम, प्रशिक्षार्थीको नाटक मञ्चन हुनेछ। उक्त नाटक 'रोगन' शुक्रबारदेखि नियमित मञ्चन हुनेछ।

'मण्डला' सफल नाटकघरहरुमा अग्रपंतिमा रहेको छ। मण्डलाले जन्माएका रंगकर्मीहरु नाटकघरमा मात्रै सिमित भएनन्। उनीहरुको अब्बल दर्जाको अभिनयको कारण नेपाली चलचित्र क्षेत्रमा देखिरहेका छौँ।

प्रकाशित मिति: : 2022-03-03 13:26:00

प्रतिकृया दिनुहोस्