गिरिजा मुस्किलले बाँचेको त्यो दिन : देउवाको ओठको चोट सम्झाउने सुरजपुरा घटना

लोकान्तर

प्रकाश आचार्य

२० फागुन २०४०। तराईमा पञ्चायतका समर्थक 'मण्डले'हरूको बिगबिगी थियो। नेपाली कांग्रेस संगठन सुदृढीकरण गर्दै लोकतन्त्र स्थापना लागि प्रयासरत थियो।

पार्टीका प्रायः सबै प्रभावशाली नेताहरू देश दौडाहामा निस्किए।

आजभन्दा झण्डै चार दशकअगाडि आजकै दिन (फागुन २० गते) कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला, हालका प्रधानमन्त्री शेरबहादुर देउवा, शैलजा आचार्य लगायतका रूपन्देहीको सुरजपुरा आउने कार्यक्रमले कांग्रेस कार्यकर्तामा निकै उत्साह थियो।

हालको देवदह नगरपालिका वडा नम्बर ३  सुरजपुरास्थित कांग्रेसका तत्कालीन रूपन्देही सभापति पुष्पानन्द गिरीको घरमा सभा राखिएको थियो। 

अन्य ठाउँभन्दा सुरजपुरा पञ्चहरूबाट केही सुरक्षित देखेर कांग्रेसले त्यहाँ कार्यक्रम राखेको थियो। गिरिजाले भाषण शुरू गरेका मात्र थिए, चारैतिरबाट घेरेर सांघातिक आक्रमण भयो। ढुंगा मुढासहित खुकुरी नचाए। आक्रमण भएपछि कांग्रेस कार्यकर्ताहरूको भागाभाग भयो। दर्दनाक घटनामा परेर कांग्रेस रुपन्देहीका तत्कालीन नेता यादवनाथ आलोक र रामप्रसाद चौधरीको मृत्यु भयो। २०० भन्दा धेरै घाइते भए। 

प्रकाशित मिति: : 2022-03-04 18:00:00

प्रतिकृया दिनुहोस्