दिनदिनै बरामद हुन्छ, खैरो हेरोइन

कैलाली धनगढीका मनोज जोशी ३ ग्राम ब्राउन सुगर (खैरो हेरोइन)सहित फागुन १२ गते पक्राउ परे। सोही दिन धनगढीका २६ वर्षीय दीपक विष्ट र ३१ वर्षीय गोपी विक छिमेकी जिल्ला कञ्चनपुरबाट समातिए। प्लास्टिकभित्र ब्राउन सुगर बेरेर मुखमा राखेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

झापाको बिर्तामोड नगरपालिका–४ पश्चिम स्टेसनबाट फागुन ११ मा ५ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परे। झापा गाउँपालिका—४ का १९ वर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका–४ का १९ वर्षीय उत्तम बर्देवा पक्राउ परेका हुन्।

अघिल्लो मंगलबार नै फरक–फरक चार स्थानबाट खैरो हेरोइनसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लियो। मोरङको विराटनगर महानगरपालिका—१२ स्थित एक होटलमा बसेका विराटनगर–६ का २६ वर्षीय कुनाल सिंहलाई करिब ३२ ग्राम खैरो हेरोइन र डिजिटल तराजुसहित प्रहरीले नियन्त्रणमा लियो। 

प्रकाशित मिति: : 2022-03-05 08:57:00

प्रतिकृया दिनुहोस्