जाह्नवीलाई डाक्टर बनाउन चाहन्थिइन् श्रीदेवी

बलिउड अभिनेत्री जाह्नवी कपूर आइतबार मार्च ६ मा आफ्नो जन्मदिन मनाउँदैछिन्। फिल्म ‘धडक’बाट बलिउडमा पाइला चालेकी जाह्नवीले त्यसपछि कैयौं फिल्ममा अभिनय गरिन्। 

सामाजिक सञ्जालमा जाह्नवीको राम्रो फ्यान फलोइङ छ। उनको सरलपन र बोल्डनेस दुवैले उनका फ्यान प्रभावित छन्। जाह्नवी बलिउडमा आमा जस्तै सुपरस्टार बन्न चाहन्थिइन्। तर, श्रीदेवी छोरीलाई अभिनयमा भन्दा पनि डाक्टर बनेको हेर्न चाहन्थिइन्।

जाह्नवीका पिता बोनी कपूरले कहिल्यै पनि छोरीका सपनालाई रोक्ने काम गरेनन्। तर, आमा श्रीदेवी भने छोरीले फिल्मलाई भन्दा पनि पढाईलाई ध्यान दिउन् भन्ने चाहन्थिइन्। श्रीदेवीको चाहना छोरीलाई एउटा असल डाक्टर बनेको हेर्ने थियो।

तर, जाह्नवी भने आमा श्रीदेवीको जस्तै कैयौं सुपरहिट फिल्म दिएर बलिउडको सुपरस्टार बन्ने सपना थियो। यो उनको बाल्यकालदेखि कै सपना र चाहना थियो। जाह्नवीले ‘धडक’बाट अभिनयमा पाइला चाले पनि त्यो अभिनय उनकी आमाले हेर्न पाइनन्। किनकी फिल्म रिलिजअघि नै श्रीदेवीको निधन भएको थियो।

प्रकाशित मिति: : 2022-03-05 09:34:00

प्रतिकृया दिनुहोस्