के पुरुषलाई कोठीभित्र हुलेर बलात्कार घट्छ?

हिमाल खबर

जेबी पुन मगर
हिन्दी फिल्म ‘गंगुबाई कठियावाडी’ मा अभिनेत्री आलिया भट्ट।

पल प्रकरणमा बलात्कारमाथि भइरहेका बहसका अन्तर्य खोतल्नोस्, ति सञ्जय लीला भन्सालीको शक्तिशाली क्यानभासभित्र समेटिएको सिनेम्याटिक विषयभन्दा फरक देखिदैनन्।

‘यदि हामीजस्ता यौनकर्मी नभा भए सडकमा हिंड्ने महिला सुरक्षित रहने थिएनन्।’

पुरुषको कामवासना शमन गर्ने पेशालाई उचाईमा पुर्‍याउन पूरै जोवन खर्चिएकी जुझारू स्त्रीको पौरुषेय गरिएको सिनेमा गंगुबाई कठियावाडीको वैचारिक-धुरी सम्झाउने संवाद हो यो। बम्बई (हाल मूम्बइ) को बदनाम गल्लीको रुपमा ख्याती कमाएको कमाठीपुरामा समाजले हियाउने र कानूनले अपराध ठान्ने यौन कारोबार गरिरहेका चार हजार पेशाकर्मीकी नेतृ गंगुबाईले देशका नामीगिरामी अभियन्ता, नेता, पत्रकार र शिक्षाकर्मी डाकिएको आजाद मैदानमा आयोजित महिला सम्मेलनको मञ्चमा उभिएर सन् १९४० को दशकमै यतिको उन्मुक्त भाषण गर्नु दुस्साहसपूर्ण कदम थियो।

प्रकाशित मिति: : 2022-03-05 18:55:00

प्रतिकृया दिनुहोस्