दमौलीकाे हार्डवेयरमा भीषण आगलागी (भिडियाेसहित)

तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आइतबार आगलागी भएको छ।

भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो।

हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पुर्याएको छ। व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ।

प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन।

आगलागी नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन। के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-03-06 11:54:00

प्रतिकृया दिनुहोस्