राष्ट्रियसभाकाे बैठक पनि सर्‍याे

दिउँसाे सवा एकमा बस्ने भनिएकाे राष्ट्रियसभाकाे बैठक सरेकाे छ।

भर्खरै सम्पन्न राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिकाे बैठकले राष्ट्रियसभाकाे बैठक ३ : १५ सम्मका लागि सार्ने निर्णय गरेकाे हाे।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा संसद बैठक प्रभावित बनेका हुन्।

यसअघि बिहान ११ बजे बस्ने भनिएकाे प्रतिनिधिसभा बैठक पनि दिउँसाे २ बजेसम्मका लागि सारिएकाे छ।

संसदीय छानबिन समितिकाे कार्यदेश बनाउने विषय कार्यदलका सदस्यहरुबीच सिंहदरबारमा छलफल जारी छ।

कार्यदेश स्पष्ट नभएसम्म संसद बैठक चल्न नदिने अडानमा नेपाली काँग्रेस रहेकाे छ।

प्रकाशित मिति: : 2024-05-19 13:03:00

प्रतिकृया दिनुहोस्