पूर्वमन्त्रीको स्रोत नखुलेको सम्पत्तिबाट २६ ठाउँमा घरघडेरी- छोरालाई विदेशमा पढाइ, फिल्म क्षेत्रमा पनि लगानी

लोकान्तर

अजय अनुरागी

पूर्व मन्त्री रामकुमार श्रेष्ठले अकुत सम्पत्ति आर्जन गरी काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवनमा गरी २६ ठाउँमा जग्गा खरिद गरेको र काठमाडौंका विभिन्न ठाउँमा घर बनाएको खुलेको छ।

श्रेष्ठले सरकारी सेवामा रहेका बेला गैरकानूनी तरिकाले अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

अख्तियारले विशेष अदालतमा दर्ता गरेको अभियोग पत्रमा श्रेष्ठले ११ करोड ३५ लाख ४४ हजार रुपैयाँ कूल आर्जन गरेकोमा ४ करोड ४५ लाख २७ हजार रुपैयाँ गैरकानूनी स्रोतबाट आम्दानी गरेको उल्लेख छ। अकुत सम्पत्ति आर्जन गरेका श्रेष्ठले घर, जग्गा, जमिन, बिमा, विभिन्न कम्पनीको शेयरमा लगानी गर्नुका साथै नेपाल चलचित्र निर्माण कम्पनीमा समेत लगानी गरेको देखिन्छ।

छोरीको बिहे, छोरीलाई दिएको सुनचाँदी सहितका गरगहना, छोरीज्वाइँलाई दिएको डेढ करोड रुपैयाँ सापटी होस् वा २ छोरालाई भारत र अमेरिकामा इन्जिनीयरिङ पढाइका लागि गरेको खर्चदेखि छोराबुहारीलाई अमेरिका पठाउँदासम्ममा गरेको खर्चको स्रोत खुल्न नसकेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति: : 2022-03-06 13:36:00

प्रतिकृया दिनुहोस्