२९ फागुनसम्मका लागि संसद् बैठक स्थगित

File Photo
File Photo

 

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए । एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम बाचन गरेका थिए ।

 

प्रकाशित मिति: : 2022-03-06 14:20:00

प्रतिकृया दिनुहोस्