राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री र प्रधानसेनापतिकाे एकसाथ ‘इन्ट्री’

File Photo
File Photo

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नोतर्फबाट प्रतिवेदन बुझाएका छन्। 

प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन्। 

‘आज प्रधानमन्त्री र प्रधानसेनापतिज्यूूले सरकारी र राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनु भएको हो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। 

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्र्ता नभएर प्रतिवेददन बुझाउने काम मात्र भएको उनले बताए। 

‘राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको होइन,’ उनले भने, ‘प्रतिवेदन बुझाउने काम मात्र भएको हो।’

प्रकाशित मिति: : 2022-03-06 15:54:00

प्रतिकृया दिनुहोस्