ओखलढुंगामा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु, सात जना घाइते

File Photo
File Photo

ओखलढुङगाको सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा आइतबार जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा ७ जना भने घाइते भएका छन्।

मृत्यु हुनेमा जीपमा सवार ओखलढुङगाको चिसङखुगढी गाउँपालिका–३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ रहेकी छन्। गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सामुदायिक अस्पताल ओखलढुङगामा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये चालक र अर्का एक जना थप उपचारको लागि काठमाडौँ पठाइएको छ। अन्य घाइतेको सामुदायिक अस्पताल ओखलढुङगामै उपचार भइहेको छ।

माम्खाबाट ओखलढुङगातर्फ जाँदै गरेको प्रदेश १–०२ ०–०१ ज ३८७५ नम्बरको जीप आइतबार बिहान ८ बजे अनियन्त्रित भइ दुर्घटना भएको हो।

प्रकाशित मिति: : 2022-03-06 16:15:00

प्रतिकृया दिनुहोस्