टेलिसिरियल ‘सान्नानी’ प्रदर्शनकाे तयारीमा

नेपाली टेलिसिरियल ‘सान्नानी’ प्रदर्शनमा आउने भएको छ।

सामाजिक कथामा आधारित उक्त टेलिसिरियल अबकाे केही हप्तामै प्रदर्शन गर्ने गरी तयारी थालिएकाे निर्माण समूहले जानकारी दिएकाे  छ। सिरियलकाे पहिलाे चरणकाे छाँयाङ्कन सकिएर सम्पादनकाे काम जारी रहेकाे सह–निर्देशक उत्सव पाैडेलले बिएल नेपाली सेवालाई जानकारी दिए।

सान्नानीको छायाङ्कन नुवाकोटको ककनीमा गरिएकाे हाे।

सान्नानीलाई कर्मभूमी क्रियशन प्रा.लि.ले निर्माण गरेको हो। जसकाे निर्देशन निरज नेपालले गरेका हुन्। त्यस्तै कथा लेखन वरिष्ठ कलाकार दमन रुपाखेतीले गरेका छन्।

सान्नानीमा सहायक निर्देशक उत्सव पौडेल, क्यामेराम्यान सञ्जय राई, भिडियो सम्पादन सुरेश श्रेष्ठ, व्यवस्थापन होमनाथ तिमल्सिना, शृङ्गार विश्वराम केसीले गरेका हुन्। जसमा अनुपमा भण्डारी, मुकुन्द मैनाली, उत्तम अर्याल, धनराम मुस्कान, राजन शिमखडा, स्वस्तिका लामिछाने, शिशिर अर्याल, मञ्जिता खनाललगायतकाे अभिनय रहेकाे छ।

टेलिचलचित्रलाई निर्माण पक्षले ‘जितु कमेडी’ नामक युट्युब च्यानलबाट प्रदर्शन गर्ने तयारी थालिएकाे निर्माण समूहले बतायाे। त्यस्तै अन्य टेलिभिजनबाट पनि सार्वजनिक गर्ने तयारी थालिएकाे पाैडेलले जानकारी दिए।

प्रकाशित मिति: : 2022-03-06 17:09:00

प्रतिकृया दिनुहोस्