माओवादीले पार्टीबाट निकालेलगत्तै मेयरलाई भित्र्याउन रंगेली जाँदै ओली

File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मोरङको रंगेलीमा जाने भएका छन्।

रंगेली नगरपालिकाका प्रमुख (मेयर) दिलिप बगडियालाई पार्टी प्रवेश गराउनका लागि बुधबार दिउँसो अध्यक्ष ओली रंगेली जान लागेका हुन्।

एमालेले आज रंगेलीमा प्रवेश कार्यक्रम राखेको छ। बगडियासहित सयौं नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न लागेको जनाइएको छ।

माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित रंगेलीका मेयर बगडियालाई फागुन १५ गतेदेखि लागू हुने गरी निष्काशन गरिसकेकाे छ।

एमाले प्रवेश गर्न लागेपछि मंगलबार माओवादीले मेयर बगडियालाई कारबाही गरेको थियो। माओवादी केन्द्रले बगडियाले पार्टी हितविपरीत गतिविधि गरेको र व्यवसायिक हितलाई मात्रै ध्यान दिएको भन्दै कारबाहीको गरेको जनाएको थियाे।

प्रकाशित मिति: : 2022-03-09 11:20:00

प्रतिकृया दिनुहोस्