संरक्षण केन्द्रका गाईको बेहाल

भोकभोकै मर्दा पनि बेवास्ता

अन्नपूर्ण पोष्ट

राजकुमार आले

चउरमा हाडखोर छरपस्ट छन्। गिद्धको बथानले मासु लुछिरहेको देखिन्छ। ठाउँ–ठाउँमा मृत चौपाया फालिएका छन्। ती कुहिन थालेपछि दुर्गन्ध फैलिएको छ। यो बेहाल दृश्य शुक्लागण्डकी–९ स्याउलीबजार टोलस्थित मरेताराको हो। स्थानीय सरकारले यहीनजिकै गौ संरक्षण केन्द्र सञ्चालन गरेको छ। तर, खाना र उपचार अभावमा यहाँका चौपाया दैनिक मर्ने गरेका छन्। तिनीहरूको व्यवस्थापन नहुँदा ३०–४० वटा मृत गाई चउरभरि छरिएका छन्।

प्रकाशित मिति: : 2022-03-11 05:40:00

प्रतिकृया दिनुहोस्